Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

  सुशासनमा पहुँच नपुगेको  भन्दै नागरिकहरुको गुनासो

 सुर्खेत ।

सुशासन तथा जवाफदेहिता पार्दशि नभएको लेवकेशी नगरपालिकाका सरोकारवालाहरुले बताएका छन् ।
मंगलबार स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाले आयोजना गरेको अध्ययनका परिणाम तथा सिफारिश सार्वजनिकीकरण गोष्ठी कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन । नगरपालिकाले गर्ने हरेक सुसासनका क्रियाकलापहरुमा स्थानिय नागरिकहरुको पहुँच नपुगेको उनीहरुले गुनासो समेत गरेका थिए ।

हरेक वर्ष हुने स्वास्य क्षेत्रको सामाजिक परिक्षण, नगरपालिका तथा वडा स्तरको सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुको सहभागिता बढाउनु पर्ने स्थानिय देव बहादुर रानाले बताए । यस्तै वडा नम्वर सात की महिला स्वास्थ्य स्वयमसेविका रुपकली नेपालिले स्वास्थ्य क्षेत्रका सुचनाहरु प्रभावकारी रुपमा प्रवाह हुनु पर्ने बताईन । कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख गगन सिंह सुनारले आगामि दिनमा लेकवेशी सरकारले सुुसासनलाई पादर्शी गराई गाउँगाउँमा सिंह दरवारको अनुभुती गराउने बताए । यस्तै प्रमुख प्रशासकिय अधिकृत कष्ण प्रशाद खरेलले लेकवेशी नगरपालिकालाई सुसासनयुक्त बनाउनका लागी आफुले कुनै कसुर बाँकि नराख्ने बताए ।

यस्तै प्याक्ट नेपालका प्राविधिक सल्लाहकार दुर्लभ बोगटीले सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यक्रमहरुले नागरिक समक्ष सहज रुपमा सुचना दिन मद्दत गर्ने भन्दै नगरपालिकाले यस प्रती चासो राख्नु पर्ने बताए । साथै उनले आफुहरुको अनुसन्धानबाट तुलनात्मक रुपमा बजेट र श्रोत निर्वाचित जनप्रतिनिधहरु नागरिकहरुको सरोकारहरुमा सकारात्मक भएता पनी साझा अधिकार र कार्यन्वयनमा केहि दुविधा रहेको भन्दैै उनले स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजनाले राजनितीक आर्थिक विश्लेषण सम्वन्धी अध्ययन २०१९ सार्वजनिकि गरि स्थानिय तहरुलाई सुसानयुक्त बनाउनका लागी सहयोग समेत गरेको जानकारी दिए । उक्त परियोजनाले ७ वटै प्रदेशका १३ वटा जिल्लाका १४ वटा स्थानिय सरकारको अध्ययन गरेको बोगटीले बताएका छन् । यसैविच प्याक्टले गरेको अध्ययनहरूको प्रतिवेदन नगरपालिकामा हस्तान्त्रण समेत गरिएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसि, गैरसरकारी संस्था महासंघ लेकवेशीका अध्यक्ष बिन्दुलाल रेग्मी, लगाएत सबै वडाका जनप्रतिनिधी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।