Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दलित पत्रकारहरुकाे पाैष २६ गते प्रदेश स्तरीय सम्मेलन हुने

सुर्खेत ।

कर्णाली प्रदेशका दश जिल्लामा रेहेका दलित पत्रकारहरुले आउँदो पुस २६ गते प्रदेश स्तरीय सम्मेलन गर्ने भएका छन् ।

मंगलवार वीरेन्द्रनगरमा केन्द्रिय समितिका सचिव अमर सुनार, केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्मा र अन्य पत्रकारहरुको उपस्थितीमा सम्मेलन गर्ने निर्णय गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघले नेपालका सात वटै प्रदेश र जिल्लामा संगठनलाई विस्तार गर्ने लक्ष्य अनुसार नै कर्णालीमा पनि प्रदेश स्तरको सम्मेलन गरि प्रदेश कार्यसमिति गठन गर्ने सचिव अमर सुनारले बताए ।

प्रदेशका आन्तरिकमामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई निमन्त्रणा गर्ने, सम्मेलनमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी र पादधिकारीलाई आमन्त्रण गर्ने र प्रथम सम्मेलनका लागि प्रकृति मिल्दा केहि कार्यक्रमका सहयोगका लागि प्रदेश मन्त्रालय, स्थानीय तह र विभिन्न संघ संस्थासंग अनुरोध गर्ने निर्णय गरेको छ ।