Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

न्यायको पहुँचमा उल्लेख्य उपलब्धि

सुर्खेत ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले न्यायको पहुँचमा उल्लेख्य उपलब्धि हासिल भएको बताएको छ । महिला र बालबालिकालाई न्यायमा पहुँचको लागि संरक्षण संयन्त्र संरचनाको सहजिकरण परियोजनााके वार्षिक प्रगति प्रस्तुत गर्दै आवाजले यस्तो बताएको हो ।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा संचालन भएको उक्त परियोजनाले युवा समूह, महिला समूह, किशोरी समूह, बालसुलभ केन्द्र, बाल समूह लगायतका समूहहरु गठन गरेर समूह मार्फत काम गर्दा प्रभावकारी भएको सुशील कार्कीले बताए । संस्थाले प्रदान गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

परियोजनाबाटै समुदायमा घरेलु हिंसा, बाल हिंसा र न्यून आय आर्जन भएकाहरुलाई विभिन्न सहयोग गर्दै आइरहेको आवाज संस्थाको उक्त परियोजनाले ७० जनाको उद्धार गरेको, ९८ जनाको पुर्नस्थापना गरेको, दैलेखको दुल्लु नगरपालिकका ४,५ र १० नं. वडा तथा बर्दियाको बढैयाताल गाउँपालिकाका २,३ र ६ नं. वडालाई बालविवाह मुक्त वडाको रुपमा घोषणा गर्न सफल भएको छ । स्थानीय तहसँगको सहकार्यमा उक्त सफलता हात लागेको आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाहीले जानकारी दिईन् । परियोजना मार्फत भएको सचेतिकरणका कारण बालविवाह रोक्नु पर्छ भन्दै स्थानीयहरुबाटै १ सय ९० बालविवाहका मुद्दा आएको र मुद्दा नै नआएका तर खबर गरेको आधारमा ४५ जनाको उद्धार गरेको बताइएको छ ।

निरन्तर संचालन भएको उक्त परियोजनाको चौथो वर्षको बजेट ५५ लाख ४२ हजार ७ सय ५५ रहेको जनाइएको छ ।