Loading... आजः ६ बैशाख २०८१, बिहीबार । Thursday 18th April 2024

लगातारको बर्षा र हिमपातले बस्तुभाउँ भोकै

 

कृष्णप्रसाद अधिकारी

दैलेख

दैलेखमा लगातार विहीबार बाट वर्षा संगै दैलेखका विभिन्न भागमा हिमपात भइरहेकोले जनजिवन प्रभावित भएको छ । बर्षा भए संगै किसानले पालेका बस्तुभाउँ समेत गोठ थुनेर राखेका छन् । लगातार बर्षा भईरहेको हुनले बस्तुभाउँ फुकाएर चराउन नपाएको र गाइ भैसी तथा बाख्रालाई घाँस काटी हाल्न समेत नसिकएको भगवतिमाई गाउँपालिका वडा नं ४ पोखराका स्थानिय बेग बहादुर वलीले बताए ।

जिल्लाको महाबु गाउँपालिकाको पर्यटकीय स्थल महाब लेखमा, नौमूले गाउँपालिका लेखहरुमा र भगवतीमाई गाउँपालिकाको मालिका, भैरी, पतिहाल्न, रातापहरा, मेहेल्तोली तथा चौराठाको लगायतका भू–भागमा हिउँ परेको छ । दैलेख  जिल्ला जोड्ने सिमानामा समेत हिउँ परेकोले सवारी साधन आवत जावतमा समस्या भएको छ । यो बर्ष समय समयमा पानी परेको कारण गहुँ तोरी, मसुरो, केराउ तथा आलु किसानहरु भने खुसी भएको बताउँछन ।