Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नेपाल प्रहरीमा रोजगारी खुल्याे

काठमाण्डौ ।

नेपाल प्रहरीले विभिन्न तहमा कर्मचारी माग गरेको छ। बुधबार सूचना प्रकाशन गर्दै विभिन्न तहमा स्थायी कर्मचारी माग गरेको हो। प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ विभिन्न तहमा एक हजार ७१ जना कर्मचारी मागेको हो।

सञ्चार निर्देशनालयतर्फ इन्जिनियरिङमा ६११ जना, सूचना प्रविधितर्फ ४३, भौतिक पूर्वाधारतर्फ ६३, सवारी साधन महाशाखातर्फ १२६, केनाइन ५३, हातहतियार शाखामा प्राविधिक ६, स्वास्थ्यतर्फ १९, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा ७ र नेपाल प्रहरीको विद्यालयको संगीतर्फ संगीत शिक्षक १४४ जना आवेदन मागिएको हो।

INSP_ASI_Bigyapan_2076-10-01

प्रहरीले आगामी फागुन ११ गतेसम्म दरखास्त दिने मिति तोकेको छ। सातवटै प्रदेश कार्यालयबाट योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यस्तै प्रहरीले अधिकृतस्तरको प्रहरी निरीक्षकमा पनि ठूलो संख्यामा आवेदन माग गरिएको छ। सातवटै प्रदेश कार्यालयबाट १४९ जना प्रहरी निरक्षिकको दरखास्त आह्वान गरेको हो।

यस्तै प्रहरी सहायक निरीक्षकमा पनि ५८४ जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक उत्तीर्ण र प्रहरी सहायक निरीक्षकका लागि प्रमापत्र तह वा सो सरहको योग्यता माग गरिएको छ।