Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दैलेखमा मनाइयाे याेग दिवस

दैलेख जिल्लामा यस पटक माघेसक्राती संगै ५ औँ राष्ट्रिय योग दिवस भब्य गरी मनाईएको छ ।
बुधबार जिल्लाका विभिन्न ठाउँ–ठाउँमा राष्ट्रिय योग दिवस मनाइयो । नारायण नगरपालिका वडा नं. ३ मा रहेको विलासपुर आयुर्वेद औषधालयको आयोजित गोग दिवसको अवसर पारेर भिभिन्न कार्यक्रम गर्दै योग दिवस मनाएको छ ।
आयुर्वेदिक सम्बन्धी सामान्य मानिसको ध्यान नगएको र आर्वेदिक औषधीले रोग विस्तारै निको हुने र अहिलेको पिढिले छिटो परिणाम खोज्ने गरेको कारण आर्वेदिकलाई सर्वसाधारण विरामीले विश्वास गदैनन् ।

आयुर्वेद र योग शारीरिक स्वस्थ अनि सन्तुष्टीको महत्वपूर्ण आयाम भएको र आउँदा दिनहरुमा दैलेख का विभिन्न निकाय संग सहकार्य गर्दै जिल्लामा आर्वेदिक ओषधीको वा अन्य कुनै पनि परियोजनाका लागि जडिबुटि संकलन केन्द्र बनाउँदै सदरमुकामको गणेश चौकमा योग भवन बनाउनको लागि नारायण नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजित गरीसकेको र विलासपुर आर्वेदिक औषधालयको लागि आउँदो आर्थिक बर्षमा २ लाग विनियोजित गर्ने प्रतिबद्धता जाहेर गर्दै नारायण नगरपालिका वडा नंं. ३ को खुर्सानीबारीका हरेका ब्यक्तिले आफ्नो जग्गामा खुर्सानी लगाई जिल्लामा नै खुर्सानी पु¥यान सक्ने गरी नागरिकले काम गर्नुपर्ने सुझाब दिदै नारायण नगरपालिका नगर उप–प्रमुख सावित्री मल्लले आफ्नो धारण राखिन ।

उनले थपिन आयुर्वेद औषधी दीगो उपचार भएको कारण सरकारले यसलाई बढावा दिएको र विलासपुर आयुर्वेद औषधालयको तत्परतालाई हौसला प्रदान गर्न नारायण नगरपालिका सहयोग गर्न तयार रहेको छ ।

कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आर्वेदिक औषधी सत्यको मार्ग भएको भन्दै व्यक्तिको खानपिन, लवाईखुवाई, आहारविहारले सोचाई, विचार र भावनाहरु पैदा गर्न योग अभ्यास र आयुर्वेद औषधि उपयोगी भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता मणिराम रेग्मी, नारायण नगरपालिका–३ का वडासदस्य हर्कबहादुर नेपाली, विलासपुर आयुर्वेद औषधालयका वैद्य राजीव भारती र योग प्रशिक्षक शंकर थापाले राष्ट्रिय योग दिवस र आयुर्वेदिक औषधिको महत्व बारे प्रकाश पारेका थिए ।