Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

दलित पत्रकार संघकाे भेला सम्पन्न,

सुर्खेत, ३ पुष ।
राट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको भेला सम्पन्न भएको छ । कर्णाली प्रदेशका १० जिल्लामा रहेर मोफसलमा काम गरिरहेका दलित पत्रकारहरुको शुक्रवार वीरेन्द्रनगरमा भेला सम्पन्न भएको छ । पहिलो पटक भएको भेलाले खगेन्द्र सुनारको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।

उपाध्यक्षमा सल्यानका भीम परियार, महिला उपाध्यक्षमा जाजरकोटका टीका विक, सचिवमा जुम्लाका नौरते नेपाली, सहसचिवमा दैलेखका हिक्मत नेपाली, कोषाध्यक्षमा कालिकोटका अनिता परियार र सदस्यमा मुगका बसन्त बागचन्द, हुम्लाका पवित्रा भियाल, डोल्पाका मनबहादुर सार्की, जुम्लाका शुभाकर विश्वकर्मा, सुर्खेतका प्रतिमा परियार, कालिकोटका कर्ण विश्वकर्मा, जाजरकोटका कालि बहादुर नेपाली चयन भएका छन् भने दुई सदस्यलाई समितिले पछि मनोनयन गर्नेछ । यस्तै सलहकार समितिमा ललित बसेल, गणेश विशु, मदन विक, बसन्त विक चयन भएका छन् ।

भेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दलित पत्रकारहरुले खोज र अनुसन्धानमुलक पत्रकारितालाई जोड दिन सुझाव दिए । उनले अहिले पनि समाजमा दलित समुदायका आवाजहरु प्रयाप्त मात्रामा बाहिर आउन नसकेको भन्दै त्यी विहिन आवाजलाई बाहिर ल्याई सम्बन्धीत निकायलाई झकझकाउने काम यो संगठनले गर्नुर्पे बताए ।

छुवाछुत तथा जातीय विभेद सामाजिक कलंक भएपनि पुरानो सोच र परम्पराले दलिहरुलाई बारम्बार समस्यामा पार्ने गरेको बताए । मन्त्री भण्डारीले प्रदेशमा ल्याउने र ल्याइएका हरेक कानुनहरुमा दलितका हक अधिकारलाई सुरक्षित गर्ने प्रतिवद्धता जनाए ।

कर्णाली प्रदेश सभाका सांसद सिता नेपालीले दलित समुदायका मौलिक हक र अधिकारका विषयमा सदैव यो संगठनले अग्रसरता देखाउनुपर्नेमा जोड दिईन् । यस्तै राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष बिनोद पहाडीले राज्यको पहुँचबाट पछाडि र पिंधमा परेका दलित समुदायहरुका मुद्धाहरु मिडियाको मुल प्रवाहमा ल्याउन यो संगठन बनेको बताए । उनले दलितहरुले गरेका काम र योगदानको दस्तावेजिकरण गर्नुपर्ने बताउँदै दलित पत्रकारहरुलाई सक्षम बनाउन र सरकारी मिडिया सम्म पहुँच पु¥याउन विभिन्न पुरस्कार तथा तालिमहरुको आयोजना गरिएको बताए ।उद्घाटनमा बोल्ने अधिकांश वक्ताले राज्य नै दलितहरुको पक्षमा नरहेको भन्दै दलित पत्रकारहरुले त्रियाशिल रुपमा लाग्नु पर्ने बताएका
थिए ।