Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

तुम्बाहाङफेले दिइन् राजीनामा

६ माघ, काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् ।

राजीनामा घोषणासँगै तुम्बाहाङफेले समृद्ध समाज निर्माण गर्ने अभिायनमा आफू भिन्न रुपमा अविचलित भएर क्रियाशील भइरहने बताइन् ।

दुई वर्ष गरिमामय अङ्गको नेतृत्व गर्न पाउनु महत्वपूर्ण अवसर भएको भन्दै उनले प्रतिनिधिसभा सदस्य र संसद सचिवालयलाई धन्यवाद व्यक्त गरिन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आइतबार सभामुखको उम्मेदवारको टुङ्गो लगाएपछि तुम्बाहाङफेले सोमबार राजीनामा दिएकी हुन् ।

यसअघि तुम्बाहाङफेले आफू नै सभामुख हुनुपर्ने भन्दै अडान लिएकी थिइन् ।