Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सभामुखको निर्वाचन १२ माघमा

६ माघ, काठमाडौं । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा राजीनामा दिएका थिए ।

त्यससता सभामुख पद रिक्त छ ।

उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सोमबार नै राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् । संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था रहेकाले नेकपाले नै शिवमायालाई राजीनामा दिन आग्रह गरेको थियो