Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

एड्भान्समा खेलकुद सप्ताह सुरु

सुर्खेत ।

एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कूलमा वार्षिक खेलकुद सप्ताह सुरु भएकाृ छ । विद्यार्थीहरुमा अन्र्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्देश्यले संचालन गरिने खेलकुद सप्ताहको शुक्रबार एक समारोहका बचि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर खड्काले रेफ्रिलाई बल हस्तान्तरण गरेर सुरु गरेको थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले विद्यार्थीहरुलाई अध्ययन सँग सँगै खेलकुद पनि अपरिहार्य ।

खेलले विद्यार्थीलाई सुगठित बनाउन पनि सहयोग गर्ने भएकाले यसले अनुशासित र गतिशिल बनाउन पनि सहयोग पुर्‍याउँछ यसर्थ विद्यालयले संचालन गरेको खेलकुद सप्ताह कार्यक्रमले उर्जाशिल बनाउन मद्दत प्र्‍याउने विश्वास प्रकट गरेका थिए । अध्यक्ष खड्काले खेलकुद विद्यार्थीका लागि महत्वपूर्ण कुरा हो त्यसैले विद्यालयको यस कार्य प्रति वि.व्य.स. टिम सदा सकरात्मक रहने र प्रस्तुत खेलकुद सप्ताह सफल पार्नका लागि पूर्ण रुपमा सहयोग प्रतिबद्धता समेत जनाएका थिए ।


कार्यक्रममा संचालक समितिका अध्यक्ष कमल बहादुर सिंह र प्रवन्धक निर्देशक जीवन शाही रशिक्षक अभिभावक संघका अध्यक्ष गीता बुढाल अनुशासित र मर्यादितरुपमा खेलकुद सप्ताह सम्पन गर्नकालागि सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।

खेलकुद सप्ताहमा भलिवल, ह्याण्डबल, खो–खो लगायत दुई दर्जन भन्दा बढी खेलहरु संचालनहुने विद्यालय अतिरितm क्रियाकलाप प्रमुख दीक्षा देवकोटाले जनाएकी छन् ्। शुक्रबार सदन स्तरीय ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ रातो सदन प्रथम, निलो सदन दोस्रो, पहेलो सदनको टिमले तेस्रो स्थान हासिल गरेको छ भने छात्रातर्फ पहेँलो सदन प्रथम, हरियो सदन दोस्रो, र रातो सदनको टिमले तेस्रो स्थान हासिल गरेको छ ।


यस्तै कक्षा पीजीको म्यूजिकल चियरमा निरुता बोहोराले प्रथम, द्वितीय प्रतिक्षा शाही र तृतीय स्थान बर्ष न्यौपाने ले हासिल गरेकीछन् भने सोही खेलमै नर्सरी कक्षाका विवश शाही प्रथम, नेशनल शाही द्वितीय र ऋतु शाहीले तृतीय स्थान हासिल गरेकीछन् । एलकेजी बल थ्राइिङ्ग एण्ड काउण्टिङमा यूवराज परियार प्रथम, आर्यन ऐडी द्वितीय र विवेक बुढाले तृतीय स्थान हासिल गरेकाछन् ।

त्यस्तै यूकेजीको म्यूजिकल चियरमा शिखा शाही प्रथम, द्वितीय प्रिया गरंगजा र तृतीय स्थान पेरिश शाही ले हासिल गरेकाछन् ।सोही खेलमा म्यूजिकल चियरमा कक्षा एकका भावेश थापा प्रथम, द्वितीय सागर शाही र तृतीय स्थान शर्मिला सिंहले हासिल गरेकीछन् । पीजी देखि कक्षा १२ सम्म अध्ययनरत विद्याथीहरुको कक्षा गत र अन्र्तसदनात्मक प्रतियोगिताहरु माघ १६ गते सम्पन्न हुने विद्यालयले जनाएको छ । ।