Loading... आजः १० भाद्र २०८३, बुधबार । Wednesday 26th August 2026

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

सुर्खेत

जाजरकोटमा जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी आठ लाख घुससहित पक्राउ परेका छन्।

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार अध्यक्ष केसी वीरेन्द्रनगर–४ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेका हुन।

उनीसँगै चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार बस्नेत पनि अध्यक्ष केसीसँग घुस रकम लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

उनी कर्णाली विकास परिषदको बैठक र राष्ट्रियसभाको मतदानका लागि सुर्खेत आएका थिए।

पक्राउ परेका बस्नेत चुनीचाँदे गाउँपालिकाका उपाध्यक्षका श्रीमान र जुनीचाँदे ११ मा रहेको जनता आधारभूत विद्यालयका शिक्षक समेत हुन्। पछिल्लो समय जनप्रतिनिधिहरु घुस काण्डमा परेका समाचारहरु आइरहेका छन् । जनताले दिएको मतको अपमान गर्दै उनीहरु घुसकाण्डमा मुछिनु लोकतन्त्रका लागि राम्रो सन्देश होइन ।