फेरि वर्षा र हिमपातको हुन सक्ने
बलिराज रोकाया
सुर्खेत । पश्चिमी वायुका कारण फेरि वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले आज रातीदेखी पश्चिमी नेपालको मौसम बदली हुने जनाएको हो ।
नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोली मंगलवारसम्म हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना देखिएको महाशाखाको भनाई छ । बुधबार भने देशभरी नै सामान्य बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । पश्चिमी वायुको प्रभाव बिहिबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।






