Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भुकम्प प्रतिरोधि बनाउन डकर्मीको भुमिका महत्वपूर्ण

सुर्खेत, १३ माघ । भुकम्प प्रतिरोधि बनाउन डकर्मीको प्रमुख भुमिका महत्वपुर्ण हुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदिले बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेत र बिधालय सुरक्षा कार्यक्रम नेपालको आयोजनामा भुकम्प प्रतिरोधी भवन निर्माणका लागि १ हप्ते डकर्मी तालिम समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको समापनमा बोल्दै वीरेन्द्रनगर नगरपालिकावडा नम्वर १४का वडा अध्यक्ष टोप बहादुर दर्लामीले भुक्मप प्रतिरोधात्मक भवन निर्माण गर्नका लागि डकर्मिहरुले पुर्ण रुपमा सहयोग गर्नुपर्ने बताए ।

तालिममा सहभागी मनमाया बुढाले तालिमले डकर्मीहरुको पेसालाई मर्या्दित बनाउदै सरकारलाई सहयोग गर्नु आफुहरुको दायित्व रहेको बताईन् ।
एक हप्ते तालीममा भुकम्पको कारण र असर ,भवन निर्माण प्रविधि र अभ्यास, आवधिक मर्मत संभार, बैकल्पिक निर्माण सामाग्री भवन निर्माण सहिता र डकर्मिहरुको भुमिका जस्ता बिषयबस्तु समाबेश गरेको तालिम संयोजक त्रिभुवन बास्तोलाले बताए ।

कार्यक्रममा नगर प्रमुख देब कुमार सुबेदीले नगरमा निर्माण हुने भवन भुकम्प प्रतिरोधि बनाउन डकर्मीको प्रमुख भुमिका रहने हुनाले नगरपालिकाले यस्ता खालका तालिमहरु मागका आधारमा संचालन गर्ने र डकर्मीहरुको बिमाको लागि समेत आवश्यक पहल चाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा भवन तथा बस्ती विकास शाखाका प्रमुख किसोर कंडेल लगाएतको सहभागीता थियोे ।