मानवअधिकार मैत्री कानुन बनाउँदै छौं –उपप्रमुखढकाल
सुर्खेत १५ माघ ।
वीरेन्द्रनगर नपाका उपप्रमुख मोहनमाया ढकालले मानवअधिकारको सवालहरुप्रति नगरपालिका गम्भीर रहेको बताएकी छिन । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको “मानवअधिकार संरक्षणकालागि नगरपालिका सरोकारवालाहरु बीच मानव अधिकारको मापदण्ड र कर्तव्य विषयक” कार्यक्रममा बोल्दै उपप्रमुखढकालले सो कुरा बताएकी हुन ।
मानवअधिकार मैत्री कानुन निमार्णमा वीरेन्द्रनगर नपा लागिपरेको चर्चा गर्दै उपप्रमुख ढकालले नगरपालिकाले निमार्ण गरिसकेका कानुनहरु कार्यान्वयनगर्दा मानवअधिकारको सवालहरुलाई प्राथमिकताका साथ पालना गर्नुपर्नेमा जोड दिईन । नागरिक संघसंस्थाहरुको सहकार्य र समन्वयमा मानवअधिकार, हिंसापीडित, अपाङ्गता, दलित, जेष्ठनागरिक र महिला मैत्रीकानुन निमार्ण गर्न नगरपालिका तत्पर रहेको उपप्रमुखढकालले उल्लेख गरिन ।
वीरेन्द्रनगर नपाका प्रमुखप्रशासकीय अधिकृत टिकारामढकालले आफ्नो अधिकार खोज्ने सबै नागरिकहरुले कर्तव्यपालना गर्नुपर्नेमा जोड दिए । महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सदस्य पवित्राशाहीले विधीको शासनलाई आत्मसात गरेर स्थानीयतहले मानवअधिकार मैत्री कानुन निमार्णमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नपा ६ का वडाध्यक्ष मोतिप्रसाद कडेंलले जातिय र विपन्नताको आधारमा गरिने भेदभावको अन्त्य गरिनुपर्नेमा जोड दिए । राष्ट्रिय अपाङ्गमहासंघ कर्णालीप्रदेशका अध्यक्ष विष्ण्ुप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिलाई अझैपनि राज्यले व्यक्तिको रुपमा नहेरेको उल्लेख गर्दै उनीहरुलाई दिईने सेवाप्रवाह सहज नभएको र सबैखाले सुविधाबाट बञ्चित गरिएको गुनासो गरे ।
मध्यपश्चिमविश्वविद्यालयका उपप्राध्यापक ललितजङ्ग शाहीले “वीरेन्द्रनगर नपाको मानवअधिकार कार्यान्वयनकालागि आवश्यकता तथा क्षमता विश्लेषण अध्ययन प्रतिवेदन” प्रस्तुत गरेपछि सहभागीहरुले वीरेन्द्रनगर नपाले विषादीको प्रयोग, नियमितबजार अनुगमन, अपाङ्गमैत्री भवन निमार्ण, महिला तथा धार्मिक अल्पसंख्यकहरुको सवालमा उल्लेखनीय कार्य गर्न नसकेको बताएका थिए ।
इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले मानवअधिकार संरक्षण सम्बद्र्धनका सवालमा वीरेन्द्रनगर नपालाई मुलुककै उदाहारण्ीय नपा बनाउने उद्देश्यले इन्सेकले नपासँग सहकार्य गरी अघिबढेको बताए । संयोजक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका वडाध्यक्षहरु, नगर शिक्षा, स्वास्थ्य, कृषितथा सामाजीक विकासका प्रमुख एव मप्रतिनिधी, नागरिक संघ संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्देश्यमाथिइन्सेक सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले प्रकास पारेका थिए ।






