अम्मरज्योति माविका विद्यार्थीलाई अनुशिक्षण
सुर्खेत १६ माघ ।
अम्मरज्योति नमुना मावि कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानवअधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहिताːमानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत बिहीबार उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।
मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका सहायक डिन कमलेश डिसीले मानव अधिकारको सिद्धान्त र मानव अधिकार मैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।
युवाहरुलाई मानवअधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानवअधिकार मैत्री संस्कारको विकास गरी उनीहरुलाई मानवअधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखी करणमा सो माविका ३९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानवअधिकार संस्कृतिको विकास गर्नकालागि जवेन्द्र शाहीको संयोजकत्वमा १३ सदस्यीय युवा मानवअधिकार समुह गठन पनि गरिएको छ । समुहको सदस्यहरुमा रत्ना बिक, विनिता शाही, पुष्पा न्यौपाने, हिरा खड्का, आरति सिं, अम्मरबहादुर बिक, ललितजङ्ग शाह, जीवन खत्री, नमराज कार्की, अर्जुन अधिकारी, गणेश लामिछाने र मञ्जु अधिकारी रहेका छन् ।
अभिमुखीकरणको सुभारम्भ गर्दै इन्सेक कर्णालीप्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले मानवअधिकार संस्कृतिको बारेमा युवाहरु सचेत भएमामात्र समग्र मानवअधिकारको संरक्षण सम्बद्र्धनमा टेवापुग्ने बताउनु भयो । कार्यक्रममा सो माविका शिक्षक दीपेन्द्र विष्टको उपस्थिती रहेको थियो ।






