Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर–३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि अशान्त बनेको वीरेन्द्रनगर सामान्य बनेको छ ।

तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।

पीडित पक्षलाई कानुन बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रक्रिया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमतिसमेत भएको छ ।
योसँगै शव पोष्टमार्टम गरी सद्गत गर्न आफन्त तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकराी दिए ।