Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

धामीको हत्याबारे छानबिन सुरू

टेकराज भण्डारी, माघ २२, अछाम ।

अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्याको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, संघीय प्रहरी ईकाइ कार्यालय धनगढी र प्रदेश प्रहरी कार्यालय दिपायलको टोली अछाम आईपुगेको छ । संघीय प्रहरी ईकाइ धनगढीबाट तालिमप्राप्त कुकर सहित अन्य अनुसन्धान टोली बिनायक पुगेसंगै अनुसन्धान शुरु गरिएको अछाम प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताउनु भयो ।

डिएसपी भारतीका अनुसार सीआईबीबाट ५ जनाको अनुसन्धान टोली अछाम आएको छ । टोलीले प्रक्रियागत रुपमा छनाबिन शुरु गरेको समेत उहाँले बताउनु भयो । माघ २० गते राती १० बजेतिर बिनायक बजारबाट घर जान भनी वडाअध्यक्ष धामी गएका थिए ।

प्रहरीले राती वडाध्यक्ष धामी बसेको होटलका संचालक, धामीसंगै रहेका व्यक्ति र पहिले शब देख्ने महिलालाई प्रारम्भिक अनुसनधानका लागि सोधपुछ गरेको समेत डिएसपी भारतीको भनाई छ ।

वडा अध्यक्ष धामीको माघ २० गते राती हत्या गरी विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको भैसीँगोठमा शव फालिएको अवस्थामा फेला परेको थियो ।

यसैवीच वडा अध्यक्ष धामी हत्याको निष्पक्ष छानबिनको माग गर्दै आज बिनायक बजार बन्द गरिएको छ ।

मृतकका आफन्तहरुले बिहानै देखि सडकमा चक्काजाम गरेका छन् । ब्यवसायिक पसलहरु समेत बन्द छन । आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाई गरेको आरोप समेत लगाएका छन ।

पन्चदेवल बजारमा बिहानै देखि टायर बाली प्रदर्शन गरिएको छ । सवारी आवत जावत समेत बन्द भएको छ ।

शवको प्रक्रिया अनुसार मुचेल्का उठाई पोष्ट मार्टमका लागि आजै जिल्ला अस्पताल अछाम पठाईने प्रहरीले जनाएको छ ।