Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

वडाध्यक्षको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा

टेकराज भण्डारी

अछाम ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल पु¥याईएको छ । आफन्त र स्थानीयले दोषीलाई पत्ता लगाउन ढिला गरेको भन्दै बुधबार दिनभर तथा बिहिबार दिउँसोसम्म आन्दोलन गरेपछि पोटमार्टममा ढिलाई भएको थियो ।

आन्दोलनका कारण शव पोष्टर्माटमका लागि उठाउन नसकिएकोमा आज नगरपालिका र मृतकका आफन्तवीच सहमति भएपछि पोष्टमार्टमका लागि शव ल्याएको अछामका प्रहरी प्रमुख डिएसपी दीपक भारतीले जानकारी दिए ।

धामीको हत्याका बिषयमा नगरपालिकाले स्वामित्व ग्रहण गर्ने, मृतकका ३ सन्तानलाई उनीहरुले अध्ययन गर्न चाहेजति अध्ययन गराउने, केन्द्र सरकारसंग ५० लाख सहयोगको माग गर्ने, शालिक बनाई चोकको नाम मृतकका नामबाट नामाकरण गर्ने लगायतको सहमति भएपछि स्थानीयले जारी राखेको आन्दोलन स्थगित गरिएको नगरपालिकाका प्रमुख देवराज देवकोटाले बताए । घटनाका दोषीलाई पत्ता नलगाएसम्म नगर तथा वडाका सम्पूर्ण कार्य ठप्प राख्ने समेत जनाईएको छ । वडा अध्यक्ष धामीको शव मंगलबार विहान वडा नम्बर २ कै गैरीगाउँमा भैसी बाँधेको गोठमा बाहिर चुक्कुल लगायको अवस्थामा शव भेटिएको थियो ।

“मृतकको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवी, तालिम प्राप्त कुकुर सहित संघीय प्रहरी ईकाई धनगढी तथा अछाम जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले बुधबार बिहानबाटै सघन रुपमा अनुसनधान अघि बढाएको छ ।” अछामका प्रहरी प्रमुख डिएसपी भारतीले भने – “अनुसन्धान सघन रुपमा अघि बढीरहेको केही ििदनमै दोषी पत्ता लगाई सार्वजनिक गर्ने क्रममा छौँ ।” तालिमप्राप्त कुकुरको ट्यापिङ सहित घटनास्थल र बरीपरी क्षेत्रमा खोजी कार्य गरीरहेको प्रहरीको भनाई छ ।

अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नगरप्रमुख देवकोटा, डिएसपी भारी, उपप्रमुख अम्बिका चलाउने, नेकपाका प्रदेश सदस्य नन्दबहादुर कडायत लगायत सरोकारवाला वीचको समन्वयमा सहमति भई शव पोटमार्टमका लागि पठाइएको हो ।

अनुसन्धानमा काठमाडौँदेखि आएका सिआइबीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा तीन र धनगढीबाट एउटा कुकुरसहित प्रहरी निरीक्षक दीपक पातलीको नेतृत्वमा छ जना तथा अछाम प्रहरीको संयन्त्र संलग्न रहेको छ । जाल्पेश्वरी मावि कुईकाका पूर्व प्रधानाध्यापक समेत रहनु भएका धामी स्थानीय निर्वाचनमा शिक्षकबाट राजीनामा दिई नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको
थियो । ४० बर्षीय मृतक धामीका श्रीमति २ छोरा र छोरी छन् ।