गर्भअवस्थामा हुने जोखिम सम्बन्धी अभिमुखिकरण
सुर्खेत ।
गर्भवती महिलालाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
आइतबारदेखी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा र दिपमाला माध्यामिक विद्यालयमा पहिलो पटक गर्भवती महिला हरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
घरघरमा स्थानिय सरकार, स्वास्थ्य र समृद्ध समाज निमार्णको आधारमा भन्ने नारा सहित गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम बारेमा जानकारी गराईएको छ । गेडागुडी, हरियो सागपात, फलफुल र पशुजन्य स्रोत मिलाएर खाने सम्बन्धमा जानकारी दिनुका साथै वितरण पनि गरिएको हो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले गर्भअवस्थाका बारे आफुहरुले लाज नमानी स्वतन्त्र रुपले बोल्न सक्ने र आफ्नोबारेमा बताउने हुनुपर्नेमा जोड दिइन् ।
उनले गर्भअवस्थामा स्थानिय सरकार र नगरपालिकाले एक पटक गर्भवती महिलाहरुका लागि भिडियो एक्सरे पनि निशुल्क गरेको बताइन ।
यस्तै वीरेन्द्रनगर नगरपालिका १ का वडा अध्यक्ष गंगाराम सुनारले वडालाई स्तर उन्नती गराउनका लागि वडामा रहेका गर्भवती र उनका परिवारहरुलाई गर्भअबस्थामा हुने जोखिमका बारेमा जानकारी दिनका लागि सचेतना मुलक कार्यक्रम गरेको बताए ।
कार्यक्रममा सुहारा फिल्डका कोडिनेटर रेशम चन्दले गर्भवती महिला र उनीहरुका परिवारहरुलाई गर्भअवस्थामा हुने जोखिम सम्बन्धी जनचेतना मुलक ज्ञान प्रदान गरेका हुन । यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका १ का वडा सदस्य शोभान्सी वली, वद्धीसरा विक, कसे बहादुर सुवेदी खगेन्द्र प्रसाद थानी, डम्मर बहादुर टमटा लगाएतको सहभागि रहेको छ ।







