Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

जनयुद्ध दिवसमा क्याम्पस सरसफाइ

सुर्खेत

अनेरास्ववियू जिल्ला समिति सुर्खेत र सुर्खेत शिक्षा क्याम्पस कमिटीको संयुक्त अायोजनामा २५अौं जनयुद्ध दिवसको अबसरमा सुर्खेत शिक्षा क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सो सरसफाइ कार्यक्रममा संगठनका नेता अम्मराज शाही अम्मरजंग , महेश जि सि धुपेन्द्र शाही चक्र शाही तिर्सना हमाल हिक्मत शाही , निकुञ्ज पाण्डे लगायतको सहभागीता रहेको थियो ।

 सो कार्यक्रममा महान वीर सहिदलाई सम्झदै सहिदले देखाएको बाटोमा रतिभर नझुकि ईमानदारीका साथ हिडिरहने बिद्यार्थी नेता  अम्मरजंग शाहीले बताउनु भयो । शहिदका अधुरा सपनाहरु पुरागर्न हामी सबै एकजुट भए र लाग्नु पर्ने समेत बताउनु भयो ।अाजै मध्यपश्चिम बिश्वबिद्धालयमा सहिद हरुको सम्झना मा दिप प्रज्वलन कार्यक्रम पनि राखेको नेता जि सि ले बताउनु भएको छ।