Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

प्रणय दिवस विशेष – गजल

प्रणय दिवस विशेष – गजल

नजरको अचुक निशाना प्रेमयुद्धमा बिजय भएपछि ।
सङ्गै धड्किने मन, मस्तिष्क र मुटु प्रेममय भएपछि ।।
।।१।।
किन चाहियो रोज डे, प्रोमिस डे अनि भ्यालेन्टाइन डे ?
सदाबाहार एकैनासको प्रेमिल सुर ताल लय भएपछि ।।
।।२।।
समर्पण र स्वतन्त्रताको सन्तुलित र स्वप्निल सहयात्रामा ।
विश्वासको जगमा जागेको सम्बन्ध सयमा सय भएपछि ।।
।।३।।
जीवन जिउन जोहो गर्ने क्रममा जो जहाँ जसरी जिएपनि ।
जुनि जुनि भरिको लागि जिवनमा अभावको भय भएपछि ।।
।।४।।
संघर्षका सम्पूर्ण स्वरुपहरु स्वीकारेर सम्भावनाको खोजीमा ।
के चाहियो र जिवनमा ? प्रेमिल सहयात्राको तय भएपछि ।।

(२०७६ फागुन २: १४ फेब्रुअरी २०२०: प्रणय दिवस विशेष)