डिजिटल प्रविधिको विकास र परेको प्रभाव
- 1.9Kshares
- Viber
- Facebook Messenger
विश्व अर्थतन्त्रमा विकासको गतिसँंगै उल्लेख्य उतार चढाव भईरहेको छ । विकासको गति सँंगसंँगै प्रतिस्पर्धाले विश्व बजार तातिएको अवस्था छ । यसको प्रभाव कतै न कतै नेपाली बजारमा परिरहेको छ । अमेरिका, चीन, रसिया लगायतका देशहरु डाटाको लडाई लडिरहेको अवस्था छ । चीन आफनो अप्टिकल फाइबर बिस्तार गरि रहेको छ भने अमेरिका डाटा स्टोरको अग्रपंतिमा लडिरहेको छ । यस्ता उदाहरणले अवको विश्वको लडाई साइबर लडाईको विश्व युद्ध सुरु भइसकेको अनुमान गर्न सकिन्छ ।
अमेरिका लगायतका विश्वका शक्तिशालि राष्ट्र यतिखेर आएर विश्व बजारमा साइवर आक्रमण गरिरहेको यसको अभिप्राय भनेको शक्ति प्रर्दशन डिजिटल तरिकाले भहिरहेको छ । व्यवसायका हिसाबले विश्व बजारका सफ्टवयर कम्पनीले बर्चश्व जमाई रहेको छ । यसको उदाहरणको रुपमा माईक्रोसफट, फेसबुक, युटुब, गुगललाई लिन सक्छौ । विश्वका धनि व्यक्तिहरुको सुचिमा यिनै कम्पनीका मालिकहरु रहेको देखिन्छ । वर्तमान नेपालमा पनि डिजिटल प्रविधिको प्रयोग गर्ने र यस प्रतिको झुकाव भने दिन प्रतिदिन बढिरहेको छ । नेपाल हाडवयरको उत्पादन खासै नभए तापनि सफट्वयरमा भने केहि उदाहरणीय कार्य भने भइरहेको छ ।
नेपालमा डिजिटल वालेटको रुपामा बजारमा इसेवा, आइएम इ पे, खल्ति, प्रभु पे लगायतका डिजिटल वालेटले नेपाली बजार तताईरहेको अवस्था छ । नेपाल सरकार पनि डिजिटल प्रविधिको प्रयोगको लागि दिन प्रतिदिन अभ्यास गरिरहेको छ भने नेपाली बजारमा पनि एक वर्गको समुहले प्रयोग र माग दिन प्रति दिन गरि रहेको छ । चीन तथा भारतमा डिजिटल प्रविधिको प्रयोग दिन प्रति दिन बढि रहेको छ । बिजय सेखर शर्माले भारतमा सन २०१० मा सुरु गरेको पेटियमले भारतको बजार तताईरहेको छ ।
पहिलो पटक नेपालमा नेपाल राष्ट्र बैङ्गले वि.स १९९४ मा एटियम मेसिन सञ्चालनमा ल्याएको थियो । नेपालमा हिमालयन बैङ्गले वि. स २०४७ सालमा नेपाल राष्ट्र बैङ्गको अनुमतिमा एटियम मेसिन नेपालमा सञ्चालन गरेको थियो । २००४ मा एस एम एस बैकिङ्गको सुरुवात गरेको थियो । यसको विकास बिस्तारै नेपालमा सुरु भइरहेको डिजिटल बैकिङ्ग हाल आएर विभिन्न सहकारीले सकेत सञ्चालनमा ल्याएको अवस्था छ । यसको विकास क्रम यति मै सिमित भने रहेन । वर्तमान नेपालमा डिजिटलको विकास दुत गतिमा विकास भइरहेको छ । हाल आएर नगदको कारोवारोको प्रयोग बिस्तारै घट्दै गहिरहेको छ ।
सन २००४ देखि तेस्रो पक्ष भुक्तानी सेवा सञ्चालन गरिरहेको अलिबाबा ग्रुपको अलि पे ले विश्वको सबैभन्दा दु्रत गतिमा आफनो डिजिटल सेवा सञ्चालन गरिरहेको छ । जसले भारत, मलेसिया, क्यानडा, इटाली, पाकिस्तान लगायतका देशमा आफनो सेवा विस्तार गरिरहेको छ । एसएमएसबाट काम सुरु गरेको वान ९७ कम्यूनिकेशन कम्पनि भारतको द्रुतगतिमा भारतीय अर्थतन्त्रमा प्रभाव पार्न सफल कम्पनीको रुपमा परिचित भहिसकेको छ । पछिल्लो सर्बेक्षणलाई हेर्ने हो भने विश्व बजारमा अमाजोनले आफनो प्रभाव पारिरहेको छ । एक सर्बेक्षणका अनुसार अमाजोनको ब्राण्ड मुल्य २ खर्ब २० अर्ब डलर रहेको जनाएको छ । गुगलको ब्राण्ड मुल्य १ खर्ब ५९ अर्ब डलर रहेको छ । यसै क्रममा चिनियाँ कम्पनी विच्याटको ब्राण्ड मुल्य ५४ अर्ब १७ करोड रहेको छ । यसले गर्दा यसको प्रभाव नेपालमा पनि परिरहेको छ ।
नेपाल सरकारले डिजिटल नेपाल बनाउने कुरा अगाडि बढाईरहेको बेलामा नेपाली बजारमा डिजिटल भुक्तानिका सेवाहरु पनि दिन प्रतिदिन नेपाली बजारमा छाईरहेको अवस्था छ । नेपाल राष्ट्र बैंकको अनुमति लिई नेपालमा आई एम इ पे, इसेवा, खल्ति, प्रभु पे लगायतका डिजिटल भुक्तानिका सेवाहरु बजारमा प्रभाव देखाईरहेको अवस्था छ । वर्तमान नेपालमा खानेपानी, बत्तिको बिल, रिचार्ज लगायत बिल भुक्तानिको लागि बजारमा यि कम्पनीले प्रभाव देखाईरहेका छन् । स्माट फोन प्रयोग कर्ताले सहज रुपमा प्रयोग गर्न सकिने गरि नेपाली बजारमा यस्ता कम्पनीहरुले काम गरिरहेका छन् ।
सरकारको डिजिटल नेपाल बनाउने सपना र नेपालीहरुको सहज भुत्तानि गर्न सकिने सपना र बैकको पहँुच भन्दा टाढा रहेका नेपालीहरुलाई आर्थिक कारोवारो सहज बनाउने कार्य यस्ता कम्पनीले गरिरहेका छन । नेपालमा पछिल्लो अवस्थामा आई एम इ पे, इसेवा, प्रभु पे लगायतका डिजिटल सेवा प्रदायक कम्पनिहरुले काम गरि रहेका छन् । मानिसलाई विभिन्न झन्झटबाट कतै न कतै मुक्त बनाईरहेको छ । पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रभाव गुणात्मक रुपमा प्रभाव परिरहेको छ । विश्व अर्थतन्त्रमा डिजिटल प्रविधिको प्रभाव परिरहेको छ पर्नुको मुख्य कारण भनेको स्माट फोनको प्रभाव र इन्टरनेटको बढ्दो विकासले एक खालको प्रभाब पारिरहेको छ । नेपालमा पहिलो पटक डिजिटल वालेको सम्बन्धन प्राप्त गरेको आइ एम इ पे ले नेपालमा ठुलो प्रभाव पारि रहेको छ ।
अत ः नेपालमा अवको केहि वर्षमा नेपालमा डिजिटल सेवा प्रदायक कम्पनीहरुले नेपालमा ठुलो प्रभाव पार्ने पक्कापक्कि देखिन्छ र नेपालमा प्रयोग कर्ताको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको छ । यसको प्रभाव इन्टरनेट र स्माटफोनको प्रयोग कर्ता बढिरहेकोले पनि नेपालमा प्रयोग कर्ताको संख्या उल्लेख्य हुने पक्का छ । अर्कोतिर नेपालमा जम्मा जनसंख्याको ३४ प्रतिशतले मोवाईल फोन प्रयोग कर्ता रहेको सन २०१८ को एक सर्वेक्षणले जनाएको छ तर योे संख्या दिन प्रतिदिन बढिरहेको छ । त्यसैले अवको युग भनेको स्मार्ट, डिजिटल प्रविधिको युगको सुरुवात भइरहेको प्रस्ट देखिन्छ ।
- Total: 1.9K
- Viber
- Facebook Messenger