सल्यानमा बालिकाको हत्या

सल्यान ।
सल्यानमा ‘भ्यालेनटाइन डे’ को रात सल्यानमा एक बालिकाको हत्या भएको अवस्थामा श’व फेला परेको छ । शुक्रबार परेको ‘प्रणय दिवसको’ राति काभ्रा गाउँपालिका १ तल्लो काभ्राकी अन्दाजी १७ वर्षिया कविता बोहराको ह’त्या गरिएको अबस्थामा श’व फेला परेको हो ।
प्रहरीलाई घरपरिवारले दिएको जानकारी अनुसार अाज राति ९ बजेसम्म कतिवाले कोठमा एक्लै पढिरहेकी थिइन्, त्यसपछि सबै सुतिसकेका थिए । राति एकबजेतिर कविताका भतिजाले (साना बालक) बिरामी भएर बमेड गर्दा सबै बिउझिए ।
कवितालाई पनि उठाउन खोज्दा कविता कोठामा भेटिइनन् । खोजिकार्य घर नजिकैको गाइबस्तु बाँध्ने आगनमा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार शव घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्था फेला परेको छ । घटनास्थलमा शनिबार बिहान ३ बजे प्रहरी पुगेको र अनुसन्धान गरिरहेको डिएसपीले बताएका छन ।






