Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सल्यान ।

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगामा ना ६ त ९२१३ नम्बर ट्याक्टर गएराति दुर्घटना हुँदा रौतहट सन्तपुर नगरपालिका ६ का अलिम महम्मदको घटनास्थलमै मृत्यु भएको हो। कपडाको सिरक, डसना बनाउन टयाक्टर लिएर गाउँमा पुग्ने क्रममा मजदुर चालकको मृत्यु भएको अस्थानी प्रहरीचौकी पातिहान्नले जनाएको छ। घुम्तीमा मोड नपुगेपछि व्याक गर्ने क्रममा ट्याक्टर पल्टिएको प्रहरीको भनाई छ।