Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

बिष्ट एकता समाज गठन

सुर्खेत।
सुर्खेतमा बिष्ट एकता समाज गठन भएको छ । दैलेख जिल्लाको साविकको भैरीकालिकाथुम गा.वि.स वाड नं. ७ विष्टबाटा स्थायी घर भइ हाल सुर्खेत जिल्लाका विभिन्न ठाउँमा वसोवास गरिरहेका विष्टहरुको एकता समाज गठन भएको हो ।

आइतबार गठन भएको सो समाजको अध्यक्षमा धरम बिष्ट चयन भएका छन् भने उपाध्याक्षमा कृष्ण बहादुर विष्ट, सचिवमा रेशम बहादुर विष्ट, कोषाध्याक्षमा शान्ता कुमारी विष्ट, सदस्यहरुमा गीता विष्ट, कमला विष्ट, दिपक विष्ट, धनरुप विष्ट, रत्न बहादुर विष्ट चयन भएका हुन् ।
प्रत्येक महिनाको पहिलो शनिबार मासिक बैठक बसी नियमित मासिक बचत समेत गर्ने उक्त समाजका अध्यक्ष धरम बिष्टले बताए । आफ्नो पहिचान र भाइबन्धुहरुलाई एकजुट गराउने हेतुले यो समाजको गठन गरेको उनले बताए ।

‘हामी आफनो वंशवाली खाेजी गरि समस्यामा परेका भाइहरुलाइ उद्धार, राहत गछौं ।’ अध्यक्ष विष्टले भने । पछिल्लो समयमा आफ्नो पहिचान हराउन लागेकोले भाइबन्धु एकता भइ पहिचान लाई जर्गेना गरी समाज अगाडि बढ्ने अध्यक्ष विष्टले बताए ।