Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ : शाही

सुर्खेत
सिजन मिडियाले सञ्चालन गरेको एमआरएस ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही पहिलो पटक गृहजिल्ला सुर्खेत आएपछि पत्रकारसँग बोल्दै भनिन्, ‘सफलता अप्ठ्यारो भित्र लुकेको हुन्छ । जसका लागि संघर्ष गर्नुपर्दोरहेछ ।’ देशभरका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ को उपाधि हात पारेकी पारेकी थिइन् ।

‘लेट मिइन मिसेस ब्युटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी मिसेस ब्युटी क्विन शाहीले फष्ट नेपाल फाउण्डेशनको तर्फबाट गरिने सेवाहरुमा समर्पित हुने बताइन् । उनले भनिन्, ‘नारी अब चुलो चौकोमा मात्र सिमित छैनन् भन्ने कुरालाई गाउँ समाज र देश तथा विदेशसम्म पु¥याउन जरुरी छ ।’

शारीरिक सौन्दर्यता मात्र होइन मिसेस ब्युटी क्विनमा क्षमता र दक्षतालाई समेत आधार मानेर प्रतिस्पर्धिबाट विजेता बनाइने परम्पराले आफूलाई निकै हिम्मत र शाहस दिएको शाहीको भनाई थियो ।

समाजसेवामा समर्पित रहने शाहीले अबका दिनमा पनि समाजसेवालाई निरन्तरता दिँदै समाज परिवर्तनका लागि योजना बनाएरै अगाडि बढ्ने बताइन् । सिजन मिडियाले विगत गत तीन वर्षदेखि निरन्तररुपमा लेट मिइन कोरियन स्कीन हस्पिटलको सहयोगमा मिसेज ब्युटी क्वीन नेपाल सञ्चालन गर्दै आएको छ ।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर रोजीन शाक्यले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरु गराएका थिए ।