Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

टेलिकमले कल समाप्त भएपछि ब्यालेन्सको जानकारी दिने

काठमाडौं।

सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अब कलसँगै ब्यालेन्सको जानकारी दिने भएको छ।

कम्पनीले हरेक मोबाइल कल समाप्त भएलगत्तै यूएसएसडी नोटिफिकेशनको रुपमा ब्यालेन्सको जानकारी दिने व्यवस्था ल्याउन लागेको हो।

टेलिकमको अनुसार उक्त सेवाको परीक्षण कार्य मंगलबारदेखि सुरु भएको छ। टेलिकमका केही मोबाइल प्रयोगकर्ताले फागुन १३ देखि यूएसएसडी नोटिफिकेशन प्राप्त गर्न सक्नेछन्।

त्यस्तै कम्पनीले निकट भविष्यमै यस्तो सेवा सबै ग्राहकलाई उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।