Loading... आजः १४ बैशाख २०८३, सोमबार । Monday 27th April 2026
ताजा खबर
  

छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलालाइ छुट्रटा छुट्टै क्षेतीपुर्ती र जरिवाना

टेकराज भण्डारी

 फागुन २३, अछाम ।

अछाम जिल्ला अदालतले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपी २ जनालाई कैद सजाय र क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला सुनाएको छ । बलात्कार आरोपमा पक्राउ परी मुद्धा चलिरहेका एक जनालाई साढे ७ बर्ष कैद र साढे २ लाख रुपैँया क्षतिपूर्ति तथा अर्को एक जनालाई ९ बर्ष कैद र १० हजार क्षतिपूर्तिको सजाय फैसला गरेको हो ।

अछाम जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० बर्षिय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

साथै रावललाई दुई लाख ५० हजार क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने फैसला समेत गरेको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेस वडा सभापति समेत रहेका रावल राती घरमै आएर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन महिनामै प्रहरीमा उजुरी दिएको थियो ।

उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । महिलाका श्रीमान भारतमा रहेको अवस्थामा उनीमाथी बलात्कार भएको जनाईएको छ ।

यस्तै १३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक जनालाई ९ बर्ष कैद सजायको फैसला सुनाईएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ बर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय र पीडित बालिकालाई १० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ । गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरी सहित प्रहरीमा उजुरी दिएका थिईन ।