दैलेखमा सर्जिकल माक्स पाउन सकस
कृष्ण प्रसाद अधिकारी ।
दैलेख ।
छिमेकी देश चिन बाट उत्पन्न भएको कोरोना भाइरस एक दुई देश हुदै विश्वभरि फैलिदै गएको छ । यसरी कोरोनाको भाइरस फैलदै गए पछि विभिन्न देशमा सजग्ता अपनाई रहेको र विश्व स्वास्थ्य संगठनले संकटकाल गोषण गरिसेको छ ।
विश्व स्वास्थ्य संगठनले एक प्रतिवेदनमा कोरोना भाइरसको उच्च जाखिमा नेपाल रहेको प्रतिबेदन सार्वजनीक गरे पछि नेपाल सरकार तातिरहेको छ ।
त्यसै अनुरुप कोरोना भाइरस फैलिन सक्ने आसङ्कामा सचेत रहन नेपाल सरकारले सुचना जारी गरे संगै जिल्ला प्रशासन कार्यालय दैलेखले स–साना जमघट बाहेक भिडभाड जम्मा गरेर कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ । प्रशासनले कोरोना भाईरसका कारण ठुलो जमघट भई कुनै पनि पर्व मेला, महोत्सब सभा, सम्मेलन, प्रर्दशनी तथा भेटघाट र भिडभाड नगर्न आग्रह गरेको हो ।
प्रशासन कार्यालयले जारी गरेको सुचनामा भनिएको छ ।
‘कोरोनाका संक्रमणबाट जोखिन सचेतना अपनाउनुका साथै भिडभाडमा नजान, मेला, सभा सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध छ ।’
अर्को सूचना जारी नभएसम्म भेटघाटमा हात नमिलाउन, सकेसम्म सर्जिकल माक्स वा अन्य माक्स प्रयोग गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।
तर कोरोना (कोभिन–१९) बाट बच्न जिल्लाका ११ वटै स्थानिय तहमा सर्जिकल मास्क भेटना सकस छ ।
जिल्लामा कतै अरु समयमा बजारमा देखिने मास्कहरु अहिले भेटिदैनन् । कतै भए पनि ब्यापारीले चर्को मुल्यमा बिक्रि गर्नेको लागि लुकाएर राखेका छन् ।
जिल्लामा समेत मास्क नपाउने भए पछि सदरमुकाम लगाएत स्थानिय तहका नागरीकहरु त्रसित भएका छन् ।
कोरोना भाइरसको त्रास फेलिए संगै आफुले मास्क खोज्न धेरै पसल तथा मेडिकलमा जाँदा समेत मास्क नपाएको दुल्लू नगरपालिका –५ का गणेश वि.कले गुनासो पोखे ।
उनका अनुसार मास्क किन्न जाँदा ब्यापारीहरुले भोलि आउँछ भन्दै र्फकाउने गरेका छन् ।
नेपाल सरकारले कोरोना रोगबाट बच्ने सर्जिकल मास्क लुकाउनेलाई दुई लाख सम्मको जरिवाना तथा कारवाही गर्ने घोषणा गरेपनि जिल्लाका ११ वटा स्थानीयतहमा मास्क अभाव छ ।
मास्क नपाउँदा मान्छेको मलामीमा अनिवार्य रुपमा जानैपर्ने ठाउँमा समेत मलामीको संख्या दिनप्रतिदिन घटदै गएको नारायण नगरपालिका टोपबहादुर थापाले बताए ।
हरेक दिन जिल्लाको देवकोटा चोकमा जम्मा हुन नागरिकहरुको भेटघाट पातलिदै गएको छ पहिले भेट हुदाँ हात मिलाउने सबै अहिले केही सजग भएका छन् कतिपयले त खुलेरे नमस्कार गरौ हात नमिलाउँ भन्ने गरेका छन् ।
कोरोनाको त्रासले कति जिल्ला बासि बाहिर जिल्ला जाने योजना सेमेत रोकेका छन् कोरोनाको त्रास फैलिएको हप्तौ समेत पनि दैलेखमा करिव २० प्रतिशतले समेत मास्कको प्रयोग गरेका छैनन् ।
२ लाख ६१ हजार ७ सय ७० जनसँख्या रहेको दैलेखमा दैनिक २ लाखभन्दा बढी सर्जिकल मास्क खपत हुने जिल्ला समन्वय समिति दैलेखले जनाएको छ ।






