Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

निर्देशक पौडेलको बिदाई

सुर्खेत ।

सुर्खेत उद्योग वाणिज्य संघ र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले उद्योग निर्देशक शम्भुप्रसाद पौडेलको बिदाई गरेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको मुख्य कार्यालय सुर्खेतमा प्रमुखका रुपमा तीन वर्षदेखि कार्यरत उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो ।

घरेलु तथा साना उद्योग विकास समिति संगसम्बन्धी लामो समय हासिल गरेका पौडेलको बिदाई गर्नुपर्दा निजी क्षेत्र दुखी भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताए । संघसंग घरेलु उद्योगका विषयमा निर्देशक पौडेलले सकारात्मक सहयोग गरेको उनको भनाई थियो । पौडेलकै सक्रियताले लघु औद्योगिक ग्राम स्थापना भएको अध्यक्ष रावतले बताए । उद्यमी राधा श्रेष्ठले कर्णाली प्रदेशले घरेलु उद्योगका विज्ञलाई बिदाई गर्नु दुर्भाग्य भएको बताइन् ।

कर्णाली प्रदेश सरकारले घरेलु तथा साना उद्योग विकास समितिलाई खारेज गरी उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कायम गरेको छ । साविक घरेलु विकास समितिले गर्ने कार्यहरु मध्ये सिप विकास तालिम, युवा लक्षित तालिम, स्तरोन्नति तालिम, प्रविधि हस्तान्तरण, उद्यमशिलता विकास तालिम लगायत लघु उद्यमी सिर्जना, उद्योग दर्ता, वाणिज्य दर्ता सम्बन्धी कार्यहरु गर्दै आइरहेकोमा कर्णाली प्रदेशमा हाल मात्र उद्योग र वाणिज्य दर्ता सम्बन्धी मात्र कार्य भइरहेको छ ।

बिदाई कार्यक्रममा प्रदेश सरकारले घरेलु उद्योगसंग सम्बन्धित कार्यहरु सञ्चालन नगरेकामा निर्देशनालयका कर्मचारीहरुले गुनासो गरे । संघका पदाधिकारी र निर्देशनालयका कर्मचारीहरुले मायाको चिनो, प्रसंशापत्र दिएर पौडेलको बिदाई गरेका थिए ।