Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

भोलिदेखि हुने भनिएको एसईई परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

Image result for see exam
फाइल फोटो

यस भन्दा अगाडि एसइईको सबै तयारी पूरा भएको जानकारी दिएको सरकारले एक्कासी परीक्षा स्थगित गरेको निर्णय गरेको छ ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । परीक्षा सुरु हुनु भन्दा केही घण्टा पहिले मात्र परीक्षा स्थगित गर्दा लाखौ विद्यार्थीहरु मर्कामा परेका छन् । कोरोनाको कारण निकै सतर्कता अपनाउनु पर्ने भएका कारण सरकारले परीक्षा स्थगित गरेको जनाएको छ ।
परीक्षा संचालनका लागि केन्द्राध्यक्षदेखि सुरक्षाकर्मी समेत परीक्षा केन्द्रमा पुगिसकेका थिए भने विद्यार्थीहरु पनि भोलि तोकिएकै समयमा परीक्षा हुनेमा ढुक्क थिए ।