Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चैत मसान्तसम्म मप विश्वविद्यालय बन्द

सुर्खेत ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । एमयूले नेपाल सरकारको कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनबमोजिम चैत मसान्तसम्म क्याम्पसहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय केन्द्रीय कार्यालयका अधिकृत दिनेश गौतमले आजदेखि लागू हुने गरी एमयू अन्तर्गतका क्याम्पसहरुको पठनपाठन, परीक्षा लगायतका कार्यक्रम बन्द गरिएको जानकारी दिए । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको एमयूका विभिन्न सङ्कायका केन्द्रीय क्याम्पसका साथै १० वटा आंगिक क्याम्पस छन् ।