Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

भोलिदेखि त्रिविका सबै परीक्षा स्थगित, पठनपाठन बन्द

काठमाडाैं ।

त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सबैखाले परीक्षा स्थगित गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बिहीवार बसेको बैठकले भोलि शुक्रवारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबैखाले परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिविका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले लोकान्तरलाई जानकारी दिए ।विश्वभर कोरोना भाइरसले महामारीको रूप ग्रहण गरिरहेका बेला सरकारले सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय बुधवार गरेको थियो ।

सरकारको निर्णयपछि पनि त्रिविले आजका लागि तोकिएको परीक्षा भने लिएको थियो ।
भोलिबाट लागू हुनेगरी चैत मसान्तसम्मका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको अधिकारीले बताए ।
परीक्षाका साथै पठनपाठन पनि स्थगित गरिएको त्रिविका डीन डिल्लिप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।