Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सुर्खेतमा क्वारेन्टाइन निर्माण तिब्र गतिमा

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनाले क्वारेन्टाइन निर्माणको शुरु गरिएको छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आज (आइतबार) देखी शुरु गरेको हो ।

प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो ।

रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको हो । कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन निर्माणमा दुई सय बढी नेपाली सेना जुटेका छन् ।