सुनसान कर्णाली प्रदेश राजधानी
सुर्खेत ।
विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखी लकडाउन गरेको छ ।
कोभिड–१९ को थप संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन सरकारले आजदेखी चैत्र १८ गतेसम्मका लागि नेपाल लकडाउन गरेको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार पनि सुनासान छ । सडकमा छिटपुटको पैदलयात्रीहरु हिडिरहेका छन् । केही सवारी चलेका सञ्चालनमा आएपनि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अटेरी मोटरसाइकल र अन्य सवारीहरु नियन्त्रणमा लिएको छ ।








