Loading... आजः २३ असार २०८३, मंगलवार । Tuesday 7th July 2026
ताजा खबर
  

पत्रकारको कोरोनाका कारण मृत्यु

एजेन्सी ।

जिम्बाबवेमा कोरोना संक्रमणबाट एक जना पत्रकारको मृत्यु भएको छ। ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कोभिड–१९ को संक्रमणले मृत्यु भएको हो। जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो।

टेलिभिजन पत्रकार जोरोरो मकाम्बासहित दुई जनामा शनिबार कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो। जिम्बाबवेको स्वास्थ्य मन्त्रालयका अनुसार उनमा फ्लुको लक्षण देखिएपछि बिहिबार राजधानी हरारेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो।

जिम्बाबवेमा एक मात्र आइसोलेशनसहितको हरारेस्थित विल्किन्स अस्पतालमा भर्ना गरिएको थियो। अमेरिकाको न्यूर्योकमा हुँदा उनलाई कोरोनाको संक्रमण फैलिएको थियो। फेब्रुअरी २९ मा न्युर्योक गएका उनी मार्च ९ मा हरारे फर्किएका थिए।