Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

लकडाउनको अवज्ञा गर्ने २ जना पक्राउ, ३८ सवारी साधन नियन्त्रणमा

सुर्खेत ।
सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने दुई जना पक्राउ परेका छन् । लकडाउनको समयमा बाहिर निस्किएर प्रहरीलाई अवरोध पु¥याउने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लकडाउनको पहिलो दिन मंगलबार बिहान १० बजेतिर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए । ‘लकडाउन कार्यान्वयनका लागि खटिएको प्रहरीलाई नै अवरोध प¥याएकाले दुईजना पक्राउ परेका छन्’ उनले भने ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार उनीहरुलाई सचेत गराएर छाडिने छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखि सरकारले देशभर लकडाउन घोषणा गरेको छ ।

रायमाझीका अनुसार लकडाउन उल्लंघन गरी चलाइएका सवारी साधन समेत नियन्त्रणमा लिइएको छ । मंगलबार बिहान मात्र ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उदय सिँजापतिले जानकारी दिए ।

आज पहिलो दिन भएकाले ती सवारी नियन्त्रणमा लिइएका सवारी साधनलाई जरिवाना तिराएर छाडिने उनले बताए ।