Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

एनएमबि बैंकद्वारा दुर्घटना बिमादाबी भुक्तानी हस्तान्तरण

सुर्खेत ।

एनएमबि बैंकको दैलेख शाखामा ‘एनएमबि तलब खाता’ खोली कारोबार गर्दै आउनु भएका स्व. दान बहादुर गुरुङ्गको दुर्घटनामा परी मृत्यु भएकोमा बिमितले पाउने १ लाख ३० हजार रुपैय“ा उनका पत्नि कोपिला गुरुङ्गलाई हस्तान्तरण गरिएको छ ।

बैंकका बिरेन्द्रनगर शाखा प्रमुख मित्रराज प्याकुरेलले स्व. गुरुङ्गको परिवारलाई बिमावापतको रकम हस्तान्तरण गरेका हुन् ।
बैंकको उक्त खाता योजनामा शुन्य मौज्दातमै नेपाल भरी पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम को साथै सात लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पह“ुच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पु¥याउदै आईरहेको छ ।
बैंकले १६४ शाखा, १३१ एटिएम, ५ बिस्तारित सेवा मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।