Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

विद्यार्थीद्वारा ४ बुँदे माग

सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले ४ बुँदे आफ्ना माग राखेका छन् । विद्यार्थीहरुले मंगलबार विज्ञप्ती जारी गर्दै यस्ता माग रखेका हुन् ।

विश्वविद्यालयमा साइलेन्ट इक्स्पेल को व्यवस्था विश्वविद्यालयमा परीक्षा कार्यालयमा नभएपनि शिक्षकले व्यक्तिगत र रानैतिक प्रतिशोध राखी विद्यार्थीहरुलाई इक्सस्पेल गरेकाले सो घटनाको सत्यतथ्य छानबिन गरि सोही कार्यमा संलग्न शिक्षकहरुलाइ तत्काल कारबाही गरि विद्यार्थीको कपि चेक गरी तत्काल नतिजा प्रकाशित गनुपर्ने , विगतका वार्तामा विद्यार्थी सँग रिचेक गर्ने सहमति गरेको र हालसम्म उक्त व्यवस्था कार्यान्वयन नगरेकाले हालसालै प्रकाशित भएको नतिजालाई लागु हुने गरि तत्काल कार्यान्वयन गनुपर्ने , परिक्षा व्यवस्था कार्यालयले पटक पटक रिजल्ट प्रकाशित गर्दा आफ्नो गम्भिर त्रुटिहरु (ग्रान्डिङ्ग मिस्टेक, लेजर मिस्टेक) एउटा विषयको अर्को विषयमा नतिजा आउने लगाएत त्रुटी गरेकाले त्रुटिमा संलग्न प्राध्यापक, कर्मचारीहरुलाई तत्काल कारबाही गर्न पर्ने र इन्जिनियरिङ्ग सर्घष समिति र विश्वविद्यालय पदधिकारी विच भएका १७ बँदे मागहरुको सहमति तत्काल कार्यान्वयन गरिनुपर्ने लगाएतका मागहरु राखेका छन् ।

यदि आफ्ना मागहरु २४ घण्टा भित्र पूरा नभएमा अरु चरणवद्ध आन्दोलनमा उर्तने विद्याथी नेता राजन केसीले जानकारी दिए । उनले आफ्ना माग सम्बोधन नभएमा भैपरि आउने दुर्घटनाको जिम्मेवारी स्वयम विश्वविद्यालयले लिनुपर्ने बताए ।

विद्यार्थीहरुले रजिष्ट्रारको कायोलय, डीनको कार्यालय र इन्जिनेरिङ्ग संकायको क्यापस प्रशासनमा लगाएको ताला अझै खुल्नको छैन् ।