Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

अर्थमन्त्रीले दिए पदबाट राजीनामा

सुर्खेत ।

अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

सञ्चारमन्त्रीको कार्यभार समालेका मन्त्री खतिवडाले मंगलबार राजिनामा दिएका हुन् ।
राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।
सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।