Loading... आजः १७ बैशाख २०८१, सोमबार । Monday 29th April 2024

जीप दुर्घटना हुँदा ३ जनाकाे मृत्यु , ४ घाइते

सुर्खेत ।

दैलेखको धरमपोखरा बाट सुर्खेत तर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप अनियन्त्रीत भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. १५ राउटे गल्छेनामा ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक रवि रावल जानकारी दिए ।

७ (सात) जना सवार रहेको उक्त जिपमा २ जना पुरुष सहित १ जना महिना मृत्यु भएको छ भने अरु थप ४ जना को गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक रालले जनाकारी दिए ।

घाइतेलाई प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि सुर्खेत तर्फ पठाइएको प्र.ना.उ. रावलले जानकारी दिए । मृत्यृ हुनेको सनाखत भएको छन् भने घाइतेको नाम खुलेको छैन् ।