Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

विद्यार्थीलाई मानवअधिकार अनुशिक्षण

सुर्खेत ।

वीरेन्द्रनगर नपा ११ स्थित नेरा चन्द्रगंगा मावि गागे्रतालका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई मानवअधिकारको सिद्धान्त र मानवअधिकार मैत्रीव्यवहार विषयक अनुशिक्षण दिईएको छ । इन्सेक कर्णाली प्रदेशको पारस्परिक जवाफदेहितारुमानवअधिकार सुदृढिकरण कार्यक्रम अन्र्तगत मगलवार उनीहरुलाई सो बारेमा अनुशिक्षण दिईएको हो ।

मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका पुर्व डिन एवम नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले मानवअधिकारको सिद्धान्त र मानवअधिकार मैत्रीव्यवहार तथा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले सामाजीक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।
युवाहरुलाई मानवअधिकार शिक्षाको बारेमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवार मामानवअधिकार मैत्री संस्कारको विकास गरी उनीहरुलाई मानवअधिकार संरक्षण सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मानवअधिकारको सिद्धान्त तथा मानवअधिकार मैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानवअधिकार संस्कृतिको विकास गर्न यमुना रेग्मीकोे संयोजकत्वमा ११ सदस्यीय युवा मानवअधिकार समुह गठन पनि गरिएको छ । समुहको सदस्यहरुमा प्रविना चौधरी, आशावास्तोला, रेजिना रेग्मी, ज्योतिदाहाल, भगवतीखडका, अर्जुन शर्मा, भुपेन्द्र तिवारी, नवीनआचार्य, टिकारामशर्मा र अर्जुन आचार्य रहेका छन् ।

यसैबीच नेरा चन्द्रगंगा मावि विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो माविका प्रधानाध्यापक नेत्रमणि चालिसेले घरपरिवार विद्यालय र समुदायमा मानवअधिकार मैत्री संस्कारको विकास नभएसम्म सभ्य समाजको परिकल्पना गर्न नसकिने बताए ।