Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

विश्वभरी कोरोनाबाट आधा लाख बढीले ज्यान गुमाए

काठमाडौं ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी इटालीमा रहेको छ । यो समाचार तयार पार्दासम्म इटाली मृत्युहुनेको संख्यामा संसारकै पहिलो नं. मा रहेको छ । अहिलेसम्म इटालीमामात्र १३ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् भने १ लाख १५ हजार २ सय बढी भाइरसको संक्रमणको चपेटामा परेका छन् ।

इटाली पछि यो भाइरसबाट स्पेनमा धेरैले ज्यान गुमाएका छन् । स्पेनमा अहिलेसम्म १० हजार ३ सय बढीले ज्यान गुमाएका छन् भने १ लाख १२ हजार बढी संक्रमणको चपेटामा परेका छन् ।

संक्रमितको संख्यामा सबैभन्दा बढी भए पनि संयुक्तराज्य अमेरिकामा भने मृत्युहुनेको संख्या ६ हजार बढी मात्र रहेको छ । चीनको वुहान प्रान्तबाट सुरु भए पनि चीनमा मृत्यु हुनेको ंसंख्या ३ हजार बढी रहेको छ । ८१ हजार बढी संक्रमित भए पनि चीनमा मृत्युहुनेको संख्यामा धेरै कमि आएको छ ।

विगत २४ घण्टामा १३ सय बढीले ज्यान गुमाएको फ्रान्समा ५९ हजार बढी संक्रमित रहेका छन् । नेपालमा भने अहिलेसम्म ६ जनामा मात्र संक्रमण देखिएको छ । यसमध्ये १ जना निको भइसकेका छन् भने ५ जनाको उपचार भइरहेको छ ।

हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या ५३ हजार २ सय ३८ रहेको छ । १० लाख १६ हजार ३ सय बढी कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।