Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

सामुदायिक वन समूहद्वारा सहयोग हस्तान्तरण

सुर्खेत
विश्वभर कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा परेको असरसँगै देश लकडाउन भएकोले असहाय तथा विपन्न परिवार र दैनिक मजदुरी गर्नेहरुलाई हातमुख जोर्न समेत समस्या भएको अवस्थालाई मध्यनजर गर्दै विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिरहेका छन् ।

यसैक्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ मा रहेका भैरम सामुदायिक वन उपभोक्ता समूह र जनजागरण सामुदायिक वन उपभोक्ता समुहले राहत वितरणको लागि रु १÷१ लाख गरि २ लाखको चेक हस्तान्तरण वडा कार्यालय मार्फत प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुने सहयोग गरेको वडा सचिव इन्द्रप्रसाद अधिकारीले जानकारी गराए ।

Image may contain: 1 person, standing and outdoor

उक्त रकम नगरपालिकाको निर्णय अनुसार खर्च गरिनेछ । विपदको समयमा वन समितिले सहयोग गरेकोमा वडा समितिको तर्फबाट धन्यवाद दिइएको छ ।

Image may contain: one or more people, people standing, tree, crowd and outdoor