Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

शहर भन्दा गाउँ प्यारो

सुर्खेत |
विश्व यति बेला कोरोना भाइरसको कारण त्रासमा छ । कोरोनाको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालका शहरी क्षेत्रमा बस्नेहरु कोरोनाबाट बच्नका लागि यति बेला गाउँमा छ्यापछ्याप्ति भएका छन् । कोरोनाका कारण आधा लाख भन्दा बढिले ज्यान गुमाइसकेका छन् । कोरोनाबाट बच्न उपाय भनेको जनसम्पर्कबाट टाढा रहनु नै हो ।

विश्वका अधिकांश मान्छेहरु अहिलेको समयमा आफ्नो ज्यान जोगाउनको लागि कति दुख कष्ट भोगिरहेका छन । विश्वभरी नै रोगले आतंक फैलाएको छ । कति जना मानिसहरु रोगले भन्दा पनि कोरोनाबाट कसरी बच्न सकिन्छ भन्नेमा चिन्तित छन् । भारतबाट आउनेहरु सीमा नाकामा कहर भोगिरहेका छन् ।

अरु समयमा शहरमा रमाउनेहरु यति बेला गाउँमा फर्केका छन् । उनीहरु गाउँमा कसरी समय विताउने भन्नेमा छन् । गाउँमा पुगेको समयमा खेतीपाती गरेर, घरपरिवारलाई सहयोग गरेर र अन्य सिर्जनशील कार्य गरेर पनि समयलाई सदुपयोग गर्न सकिन्छ । गाउँकै आटो ढिडो मन परेको छ उनीहरुलाई । कति जना आफ्नो रोजगारको सिलसिलामा सहर बसेर आफ्नो घर परिवारलाई टाइम दिन नसकेका दाजु भाइहरु यो समयमा घर फर्केर सबै परिवारसँगै बसेर कुराकानी गर्न पाउदा आन्नदमा पनि छन होला ।

कति जनाको परिवार यति बेला कोही पुर्व कोही पश्चिम भएका छन । धेरै जना मानिसहरु सबै परिवार साथमा नहुँदा दुखी पनि छन । जो जहाँ रहेपनि आफन्तको सम्पर्कमा रहन आवश्यक छ ।

कति जना दाजुभाइ आफनो परिवार सहित लगेर रोजगारीका लागि भारत भई आफ्नो जिविका चलाउँदै आएका र नाबालक छोराछोरी सहित सीमानाकामा अलपत्र परेका छन भने कतिपयलाई प्रदेश सरकार तथा स्थानीय सरकारहरुले उद्दार समेत गरेका छन् ।

जो दिनभर काम गरेर साँझको छाक टार्दै आएका छन् उनीहरुलाई भने समस्या उत्पन्न भएकोछ तथापी सरकारले राहतको व्यवस्थापनका लागि पहल गरिसकेको छ ।

यति गर्दा पनि लकडाउनको समयमा अटेरी गरी बाहिर विनाकाममा सवारी साधन लिएर हिड्ने मानिसहरुलाई कडा सजाय गर्न आवश्यक छ । आखिर यो सबै हाम्रै स्वास्थ्यका लागि हो भन्ने बुझ्न जरुरी छ । तर पनि मानिसहरु अटेरी गर्दै कानूनको उलङ्घन गर्दै हिडिरहेका छन् । आफूले सावधानी नअपनाउने तर पछि सरकारलाई दोष दिएर केही हुनेवाला छैन भन्ने बुझ्नु आवश्यक छ ।

कल्पना शाही प्रशिक्षार्थी पत्रकार हुन् ।