Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ ले ग¥यो राहत वितरण

सुर्खेत ।
लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ ले राहत वितरण गरेको छ ।

दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई दुई भागमा विभाजन गरेर ४ जना भन्दा कम परिवार संख्या भएकालाई १५ किलो चामल १ किलो दाल १ पोका तेल र १ पोका नून तथा ५ जना भन्दा बढि संख्यामा परिवार सदस्य रहेकाहरुलाई ३० किलो चामल, २ किलो दाल, १ पोका तेल, १ पोका नूनका दरले वितरण गरिएको वडा नं. ६ का वडा अध्यक्ष मोति प्रसाद कंडेलले बताउनु भयो ।


राहत वितरणबाट वडा भित्रका ३ सय ५ जना लाभान्वित भएका वडा कार्यालयका कम्प्यूटर सहायक रेखा केसीले जानकारी दिनु भयो ।

विपन्न परिवार, जसको जग्गा छैन, जो मजदुरी गरि खानेहरु, ठेलामा व्यापार गर्नेहरु वडा भित्र बसोबास गरेकाहरुलाई नागरिक नं. राखेर फोटो खिचेर राहत वितरण गरिएको वडाअध्यक्ष कंडेलले बताउनु भयो । कंडेलले भन्नुभयो, ‘६ नं. वडा बाहिरका ३ सयलाई पनि राहत वितरणको तयारी भइरहेको छ ।’ उद्योग, व्यायसाय गर्नेहरु भने राहत पाउने लिष्टमा परेका छैनन् उहाँले थप्नु भयो । यसैगरि राहतका लागि सिफारिस गर्दा टोल समिति, विपद व्यवस्थापन समिति हुँदै वडा समितिले समेत पहिचान गरेर राहत वितरण गरिएको वडाअध्यक्ष कंडेलले बताउनु भयो । साथै लकडाउन लम्बिएको खण्डमा विपद व्यवस्थापन समितिको निर्देशन अनुसार गरिने वडासदस्य उपेन्द्र खड्काले क्वीकखबरलाई जानकारी दिनु भयो ।


राहत वितरणमा वडाका कर्मचारीहरु, टोल समितिका पदाधिकारी, नेपाल प्रहरी, विपद व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।