Loading... आजः १४ बैशाख २०८१, शुक्रबार । Friday 26th April 2024

मनकारी घरभेटी, जसले छुट दिइन एक महिनाको भाडा

सुर्खेत ।
विश्व यतिबेला कोरोनाको महामारीबाट आक्रान्त भइरहेको छ । यति बेला देश लकडाउनमा छ । देश लकडाउनमा भएको बेलामा व्यापार व्यावसायलगायतका हरेक पेशाहरु ठप्प छ । यस्तो अवस्थामा भाडामा बस्नेहरुलाई भाडा तिर्न मुस्किल भएको छ भने दैनिक ज्याला मजदुरी गरेर खानेहरुलाई हातमुख जोर्न समस्या भएको छ । यस्तो अवस्थामा सुर्खेत वीरेन्द्रनगर निवासी समाजसेवी अञ्जु बस्यालले एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । वीरेन्द्रनगर ६ मा रहेको उहाँको घरको २ कोठा व्यापारिक प्रयोजनका लागि भाडामा छन् । जसबाट मासिक ४२ हजार भाडा आउने गर्दछ ।


कोरोनाको कारण व्यापार व्यावसाय बन्द भएका छन् । भाडामा बस्नेहरुले व्यापार गर्न पाउनु भएको छैन त्यसैले मैले एक चैत्र महिनाको भाडा नलिने घोषणा गरेकी हुँ उहाँले क्वीकखबरलाई बताउनु भयो । यसले गर्दा केही सहयोग पुगोस् भन्ने आफ्नो लक्ष्य रहेको उहाँले थप्नु भयो ।


हिन्दु जागरण नेपाल सुर्खेतको जिल्ला अध्यक्ष समेत रहनु भएकी बस्याल राप्रपा सुर्खेतको महिला अध्यक्ष समेत हुनुहुन्छ । पटक पटक अनाथालय, बृद्धाश्रम तथा सहयोगापेक्षीहरुलाई समेत सहयोग गरिसक्नु भएकी बस्यालले मंगलगढी प्रावि बुदबुदीमा रहेका विद्यार्थीहरुलाई पनि यस अघि पोशाक वितरण गरिसक्नु भएको छ । आफ्नो जन्मदिन तथा अन्य अवसरहरु तथा विपदको समस्यामा बस्याल यस्ता सहयोग गर्दै आउनु भएको छ ।