Loading... आजः ८ बैशाख २०८१, शनिबार । Saturday 20th April 2024

वीरेन्द्रनगर १२ ले ग¥यो राहत वितरण

सुर्खेत ।
लकडाउनका कारण छाक टार्न समस्या भएका विपन्न परिवारलाई वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ ले राहत वितरण गरेको छ ।
कोरोनाको संक्रमण कम गर्न देशमा लकडाउन भएको समयमा दैनिक आवश्यकताका खाद्यन्न जोहो गर्न नसक्ने परिवारको लागि राहत वितरण गरिएको वडा नं. १२ सचिव उत्तम अधिकारीले जानकारी दिनुभयो ।


टोलविकास समितिको छनौट र वडा विपद व्यवस्थापन समितिको सिफारिसका आधारमा राहत वितरण गरिएको वडा अध्यक्ष लोकप्रसाद चालिसेले बताउनु भयो । टोल विकास र विपद समितिको सिफारिसका आधारमा नामावली छनौट गरि सम्वन्धित टोलको अध्यक्ष को रोबहरमा राहत बितरण गरिएको कार्यपालिका सदस्य यामुना नेपालीले वताउनुभयो ।

परिवारको संख्या हेरेर ३ सय जनाले आंशिक र २ सय २० जनालाई पूरा का दरले राहत विरण गरिएको बताइएको छ । राहत वितरणबाट वडा भित्रका ७ सय ८१ जना लाभान्वित भएका वडा सचिव अधिकारीले जानकारी दिनुुभयो ।

राहत वितरणमा वडाका कर्मचारीहरु, टोल समितिका पदाधिकारी, नेपाल प्रहरी, विपद व्यवस्थापन समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।