गजल – विष्णुकुमार खड्का
गजल – विष्णुकुमार खड्का
आउ प्रिय मेरो दिलको राजधानीमा स्वागत छ ।
नियाल प्रिय मेरा नयनका नानीमा स्वागत छ ।।
।।१।।
अलि चन्चले छु घरी जिस्किन्छु घरी निस्किन्छु ।
आउ प्रिय मेरा यिनी आनि बानीमा स्वागत छ ।।
।।२।।
तिम्रो रूपमा धुप अगरबत्ती चढाएको होइन पृय ।
आउ उत्खनन गरौं मायाको खानीमा स्वागत छ ।।
।।३।।
अनगिन्ती मोड घुम्ती आउछन् प्रेमिल राजमार्गमा ।
आउ प्रिय हर नाफा हानी नोक्सानीमा स्वागत छ ।।
।।४।।
हरेकका अतीत हुन्छन्, वर्तमान र भविष्य हुन्छन ।
आउ प्रिय सुनौ सुनाउ प्रेमका कहानीमा स्वागत छ ।।
२०७७ बैशाख ७: लकडाउन @ सुर्खेत )
खड्का गजल, कविताका साथै लेखहरुमा कलम चलाउनु हुन्छ ।









