Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

लघुवित्तले गरे कर्णाली प्रदेश सरकारलाई सहयोग

सुर्खेत विश्व कोरोनाका कारण संकटमा परेको अवस्थामा विपद व्यवस्थापन कोषमा सहयोग गर्नेहरुको संख्या बढिरहेको छ । यसैक्रममा कैलालीको धनगढीमा केन्द्रिय कार्यालय रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड र कैलालीकै लम्कीचुहा न पा बलियामा केन्द्रिय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्णाली प्रदेश सरकारलाई कोरोना महामारीको लागी कर्णाली विपत व्यवस्थापन कोषमा क्रमश रु ५०,००० र ५१,००० को चेक कर्णली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हस्तान्तरण गरेको छ ।


उक्त कार्यक्रममा संस्थाका तर्फबाट किसान लघुवित्तका संचालक समिति सदस्य भोजराज शर्मा र एनआरएनका तर्फबाट क्षेत्रीय प्रबन्धक जयप्रकाश उपाध्यायले हस्तान्तरण गर्नु भयो । सबैको साथ र सहयोगले कोरोना लगायतका विपत्तिहरुसँग सामना गर्न सकिने बताउँदै मुख्यमन्त्री शाहीले सबैले हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।